1 year ago
August 13, 2024
काठमाडौं (हाम्रो खेलकुद)- भुटानको पारो एफसी एएफसी च्यालेन्ज लिग समूह चरणका लागि छनोट भएको छ।
दशरथ रंगशालामा मंगलवार नेपालको चर्च ब्वाइज युनाइटेडलाई २-१ ले हराउँदै पारो समूह चरणमा पुगेको हो।
पारोको जितमा किंगा वाङचुक र विलियम ओकोपोले गोल गरे। लाकेन लिम्बुको गोल सान्त्वना गोलमा सिमित बन्यो।
खेलको ३९औं मिनेटमा चर्च ब्वाइजले अग्रता बनायो। मोजेजको हेडर पासमा क्लोज रेन्जबाट लाकेन लिम्बुको ट्याप इन गोलमा परिणत भयो। तर यो अग्रता एक मिनेट पनि टिक्न सकेन।
गोल भएर रिलिज भएकै बलमा चर्च ब्वाइजका दीप कार्कीले मिस गरेको बलमा किंगा वाङचुकले खाली पोष्टमा गोल गरे। पहिले हाफ एक-एक गोलको बराबरीमा सकियो।

खेलको ६७औं मिनेटमा पारोले घरेलु टोली विरूद्ध अग्रता बनायो। पारोका गोलकिपर मिलोस क्युपिकले दिएको लामो पासमा विलियम ओकोपोले बक्सको एजबाट हानेको प्रहार गोलमा परिणत भयो। पारोले खेलमा दुई शुन्यको अग्रता बनायो।
यसअघि खेलको १०औं मिनेटमा पारोका विलियम ओपोकुको प्रहार पोलमा लागेर फर्किएपछि काउन्टर एटयाकमा चर्च ब्वाइजका एरिक बिष्टले बक्सबाट हानेको प्रहार बाहिरियो।
यसपछि १८औं मिनेटमा पारोले पाएको मौकालाई सदुपयोग गर्न सकेन भने सोही मुभमा गोल पनि भएको थियो। तर सहायक रेफ्रीले अफ साइडको झन्डा उठाइदिए। खेलको ३०औं मिनेटमा पारोले गोल गर्ने राम्रो मौका गुमायो। बक्सको लाइनबाट केशुके होन्डाले हानेको प्रहार पोलमा लागेर फर्कियो।
दोस्रो हाफको सुरूवातमा नै चर्च ब्वाइजले पाएको राम्रो मौका गुमायो। यसपछि खेलको ५६औं मिनेटमा आयुष घलानको पासमा चर्च ब्वाइका सनिश श्रेष्ठको प्रहारलाई पारोका गोलकिपर मिलोस क्युपिकले मुस्किलले बचाए।

खेलको ८२औं मिनेटमा चर्च ब्वाइजका सञ्जीव बिष्टले हानेको राम्रो प्रहारलाई किपरले उत्कृष्ट बचावट गरे। ८९औं मिनेटमा चर्च ब्वाइज फेरि चुक्यो। पिटर बान्डाको प्रहार आकाशियो। यसपछि खेलमा थप गोल हुन सकेन र पारोले घरेलु टोलीलाई स्तब्ध पार्यो।
दशरथ रङ्गशालाको हिल्लामे मैदानमा भएको खेलमा भुटानको लिग च्याम्पियन पारो फुटबल क्लब एसियाको स्टार केशुके होन्डाको कप्तानीमा उत्रिएको थियो। खेल सुरू हुनुभन्दा केहि समय अगाडि परेको मुसलधारे वर्षाले खेल मैदान हिल्लामे बन्यो। बल गुडने गतिलाई अन्दाज गर्न समेत खेलाडीलाई कठिन परेको थियो। गत वर्ष मछिन्द्रसँग भोगेको हारको बदला पारोले यो पटक चर्च ब्वाइजसँग लिएको छ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]