1 year ago
August 17, 2024
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिगमा सुखद सुरुवात गरेको छ । नयाँ सिजनको पहिलो खेलमा शुक्रवार पिएसजीले ले हाभ्रलाई ४-१ ले पराजित गरेको हो।
हाभ्रको घरेलु मैदानमा भएको खेलमा पिएसजीका लागि ओस्मान डेम्बेले, ले काङ, ब्रेड्ली बार्कोला र कोलो मुनाइले गोल गरे । हाभ्रका लागि गौटियर लोरिसले सान्त्वाना गोल गरे ।
खेलको तेस्रो मिनेटमा नै काङले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए । हाभ्रका लोरिसले ४८ औं मिनेटमा खेललाई १-१ को बराबरीमा ल्याए ।
८४ औं मिनेटमा पिएसजीका डेम्बेलेले गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाए । त्यसको २ मिनेट पछि बार्कोलाले गोल गर्दै पिएसजीलाई बलियो स्थितिमा पुर्याए ।
निर्धारित समयको अन्तिम मिनेटमा मुनाइले पेनाल्टी मार्फत गोल गर्दै पिएसजीलाई सहज जित दिलाए । लिग वानमा शनिबार २ तथा आइतबार बिहान १ खेल हुनेछ ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]