3 weeks ago
August 18, 2024
एजेन्सी – भ्यालेन्सियाविरुद्ध जित निकाल्दै बार्सिलोनाले स्पेनिस ला लिगामा सुखद सुरुवात गरेको छ।
घरेलु मैदान मेस्टाला स्टेडियममा भएको खेलमा भ्यालेन्सिया २-१ ले पराजित भयो । बार्सिलोनालाई जित दिलाउन दुवै गोल रोबर्ट लेवान्डोस्कीले गरे । भ्यालेन्सियाका लागि ह्युगो डुरोले सान्त्वना गोल गरे ।
खेलको ४४ औं मिनेटमा डुरोको गोलमार्फत भ्यालेन्सियाले अग्रता लिएको थियो । उनले डियगो लोपेजको पासलाई गोल गरेका थिए । यो अग्रता लामो समयसम्म टिक्न भने सकेन ।
पहिलो हाफको इन्ज्युरी समयको अन्तिम मिनेटमा लमिन यमलको पासमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याए । लेवान्डोस्कीले ४९ औं मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।
शनिवार भएको अर्को खेलमा ओसासुना र लेगानिसले १-१ गोलको बराबरी खेलेका थिए । ला लिगामा आइतबार १ खेल रहेको छ ।
September 11, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा बुधवार दुई खेल हुँदैछन् । लिगमा आजबाट चौथो राउन्डका खेलहरु सुरु हुदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा कोशी प्रदेश र विभागीय टोली नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ । खेल मध्यान्ह १२ः३० बजे सुरु हुनेछ । कोशी तीन खेलमा शतप्रतिशत जितका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । […]
September 11, 2024
एजेन्सी – फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल पराजित भएको छ। पाराग्वेले ब्राजिललाई बुधवार १-० ले हराएको हो। पाराग्वेले आठौं खेलमा दोस्रो जित निकालेको हो। पराग्वेको जितमा २०औं मिनेटमा डियगो गोमेजले गरेको गोल नै निर्णायक बन्यो । जित पछि १० टोली सहभागी छनोटमा ९ अंकका साथ पराग्वे सातौं स्थानमा छ । अर्को खेलमा […]
September 11, 2024
एजेन्सी – युइएफए नेसन्स लिगको पहिलो चरणमा इङ्ग्ल्यान्डले लगातार दोस्रो जित हात पारेको छ । इङ्ग्ल्यान्डले मंगलवार फिनल्यान्डमाथि २-० को जित हात पार्यो । घरेलु मैदानमा भएको खेलमा इङ्ग्ल्यान्डलाई जित दिलाउन दुवै गोल ह्यारी केनले गरे । इङ्ग्ल्यान्डबाट केनको त्यो एक सयौं खेल थियो। केन इङ्ग्ल्यान्डको लागि आफ्नो सयौं खेलमा २ गोल गर्ने पहिलो खेलाडी […]