1 year ago
August 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी श्रीलंकाको अन्तरिम प्रशिक्षकमा नियुक्त भएका छन् ।
श्रीलंका फुटबल महासंघले मंगलबार अल्मुताइरीलाई एएफसी छनोटका लागि अन्तरिम प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएको हो ।
एएफसी छनोटका क्रममा श्रीलंकाले ५ र १० सेप्टेम्बर मा कम्बोडियासँग खेल्दैछ । अल्मुताइरी यसअघि सन् २०२१ देखि २०२२ सम्म नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षक रहेका थिए ।
उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिपको फाइनल खेलेको थियो । खेलाडीसँगको विवादका कारण उनी सम्झौता सकिनुपूर्व नै पदमुक्त भएका थिए ।
नेपाली टिमपछि अल्मुताइरी अफगानिस्तानको मुख्य प्रशिक्षक पनि भएका थिए । तर यहाँ पनि विश्वकप छनोटकै दौरान उनलाई पदबाट हटाइएको थियो । त्यसपछि कुवेती क्लब पुगेका उनको त्यहाँ पनि बसाई लामो रहेन ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]