1 year ago
August 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू२० च्याम्पियनसिप अन्तर्गत समूह ए को अन्तिम खेलमा नेपाल र बंगलादेश खेल्दैछन् ।
एन्फा कम्प्लेक्समा सम्पन्न पहिलो हाफमै नेपालले २-१ को अग्रता लिएको छ । २ मिनेटको अन्तरमा नेपालका लागि समिर तामाङ र निराजन धामीले गोल गरेका हुन् । हाफको अन्त्यतिर बंगलादेशले पेनाल्टीमा गोल गर्दै खेलमा फर्कने संकेत दियो ।
खेलको १७ औं मिनेटमा नेपालले अग्रता लियो । बंगलादेशका गोलरक्षक मेहेदी हसन स्रबनले आफ्नो हाफको मध्य भागमा समिर तामाङको दबाबमा बल फुस्काए । समिरले त्यसपछि बल अघि बढाउँदै खाली पोस्टमा गोल गरे ।

त्यसको दुई मिनेटपछि नै नेपालले अग्रता दोब्बर पार्यो । अभिनाश स्याङतानले दायाँ विगंबाट दिएको क्रसलाई निराजन धामीले पहिलो टचमै गोल गरे ।
४३ औं मिनेटमा बंगलादेशका लागि मिराजुल इस्लामले पेनाल्टीमा गोल गरे । राम थापाले पेनाल्टी क्षेत्रभित्र मिराजुललाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।
यस खेल जित्ने टोली समूह विजेता बन्नेछ । नेपाल र बंगलादेश दुवैले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]