default_image

1 year ago

August 23, 2024

एन्फा बैठकमा एजेण्डा थप्न सदस्य लामाको आग्रह

295 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) को अर्को साता बस्ने केन्द्रिय कार्यकारी समितिको बैठकका‌ लागि ४ वटा एजेण्डा थप गर्न सदस्य पेमा डोल्मा लामा माग गरेकी छिन्।

एन्फा महासचिव किरण राईलाई शुक्रवार पत्र लेख्दै लामाले ४ वटा एजेण्डा थप्न आग्रह गरेकी हुन् । एन्फा केन्द्रिय‌ कार्यकारी समितिको बैठक भदौ ११ लाई डाकिएको छ।

लामाले महिला तथा पुरुष खेलाडीहरुको मासिक तलब भत्ता तलब वृद्धि, राष्ट्रिय महिला टिमको लागि विदेशी प्रशिक्षकको नियुक्ति, महिला लिगको पुरस्कार र मिशन वल्र्डकप २०२७-३१ का सम्बन्धको एजेण्डा थप गर्न माग गरेकी हुन् ।

शुक्रवार नै एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलाई सम्बोधन गर्दै लेखेको‌ पत्रमा उपाध्यक्ष विराटजंग शाहीले ६ वटा एजेण्डा थप्न आग्रह गरेका छन्‌।

उपाध्यक्ष शाहीले अन्तर्राष्ट्रिय (महिला र पुरुष) खेलाडीहरुको वर्गिकरण र सेवा सुविधा, फिफाद्धारा स्वीकृत भेडावारी परियोजना, रेफ्री तथा प्राविधिकको तलब वृद्धि सम्बन्धमा एजेण्डामा‌ थप्न अनुरोध गरेका छन् ।

त्यस्तै आर्थिक वर्ष आव २०८०/ ८१ को आन्तरिक लेखा परिक्षण प्रतिवेदन, , विश्व कप दोश्रो चरण अन्तर्गतका खेलहरुको आर्थिक विवरण र एन्फाको उपाध्यक्ष दावा लामाको विषयमा वरिष्ठ उपाध्यक्षको उजुरी र राखेपको पत्रका‌ सम्बन्धमा पनि बैठकको‌ एजेण्डामा थप्न शाहीले पत्रमा उल्लेख गरेका छन्।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.