1 year ago
August 24, 2024
एजेन्सी – भिल्लारियलविरुद्ध अन्तिम समयमा गोलको सामना गर्दै सेभिल्लाले स्पेनिस ला लिगामा हार बेहोरेको छ । घरेलु मैदानमा सेभिल्ला शुक्रवार भिल्लारियलसँग २-१ ले पराजित भएको हो ।
दोस्रो खेलमा पहिलो जित दर्ता गरेको भिल्लारियलका लागि अर्नात डेन्जुमा र आयाज पेरेजले समान १ गोल गरे । डोडि लुकाबेकियोले सेभिल्लाका लागि सान्त्वना गोल फर्काएका थिए ।
डेन्जुमाले दोस्रो मिनेटमा नै गोल गरेर भिल्लारियललाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा सेभिल्लाका लुकाबेकीयोले गोल गर्दै खेल बराबरीमा पुर्याए ।
पेरेजले दोस्रो हाफको इन्ज्युरी समयमा पाँचौं मिनेटमा गोल गर्दै भिल्लारियललाई जित दिलाए । दोस्रो खेलमा १ जित र १ बराबरीका साथ भिल्लारियल अंक तालिकाको दोस्रो स्थानमा छ । पराजित सेभिल्ला १ अंकका साथ १६औं स्थानमा रहेको छ ।
ला लिगामा शुक्रवार भएको अर्को खेलमा सेल्टा भिगोले भ्यालेन्सियालाई ३-१ ले पराजित गरेको थियो ।
जितपछि सेल्टा भिगो ६ अंकसहित शीर्ष स्थानमा छ । पराजित भ्यालेन्सिया भने पुछारमा छ । ला लिगामा शनिवार २ खेल हुनेछन् ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]