default_image

1 year ago

August 25, 2024

टोटनहमको सहज जित

419 views

0 Bookmark

एजेन्सी – टोटनहमले इंग्लिस प्रिमियर लिग(इपिएल) मा एभरर्टनमाथि सहज जित दर्ता गरेको छ ।

इपिएलमा सिजनको पहिलो जित निकाल्ने क्रममा टोटनहमले शनिवार एभरर्टनलाई ४-० ले पराजित गर्यो ।
घरेलु मैदानमा टोटनहमको जितमा सन हेउङ-मिनले २ तथा क्रिस्टियन रोमेरो र यवेस बिस्सुमाले समान १ गोल गरे ।

बिस्सुमाले १४औं मिनेटमा गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए । मिनले २५औं मिनेटमा पहिलो गोल गर्दै अग्रता दोब्बर बनाए ।

७१औं मिनेटमा रोमेरोले गोल गर्दै टोटनहमको अग्रता ३-० मा पुर्याए । त्यसको ६ मिनेट पछि मिनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटमहमलाई सहज जित दिलाए ।

जितसँगै ४ अंकसहित टोटनहम चौथो स्थानमा छ । पराजित एभरर्टन अंकबिहिन रहँदै तालिकाको पुछारमा छ । इपिएलमा आइतबार ३ खेल हुँदैछन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.