default_image

1 year ago

August 26, 2024

रियलको सहज जित

724 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडले स्पेनिस ला लिगामा रियल भालाडोलिडलाई‌ हराएको छ ।

ला लिगाको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा रियलले भालाडोलिडमाथि आइतवार ३-० को सहज जित दर्ता गरेको हो ।

घरेलु मैदानमा रियललाई जित दिलाउन फेडेरिको भाल्भर्डे, ब्राहिम डियाज र एन्ड्रिकले गोल गरेका थिए । ५०औं मिनेटमा भाल्भर्डेको गोलबाट रियलले अग्रता लिएको थियो ।

८८औं मिनेटमा डियाजले रियलको अग्रता दोब्बर बनाएका थिए । इन्ज्युरी समयमा एन्ड्रिकले गोल गर्दै रियलको‌ अग्रता फराकिलो पारे।

यसै सिजन रियलमा अनुबन्ध भएका फ्रान्सका स्टार स्टाइकर केलियन एमबाप्पेले भने लिगमा गोलको खाता खोल्न सकेका छैनन् ।

रियलले गत साता मालोर्कासँग १–१ गोलको बराबरी खेल्दै ला लिगाको सिजनको सुरुवात गरेको थियो । उक्त खेलमा पनि एमबाप्पे चल्न सकेनन् ।

जितसँगै रियल २ खेलबाट ४ अंकसहित ला लिगा तालिकाको चौथो स्थानमा छ । पराजित रियल भालाडोलिड ३ अंकका साथ १०औं स्थानमा छ । सेल्टा भिगो शीर्ष स्थानमा छ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.