1 year ago
August 26, 2024
एजेन्सी – लिभरपुरले इंग्लिस प्रिमियर लिग(इपिएल) मा लगातार दोस्रो जित निकालेको छ । लिभरपुलले आइतवार ब्रेन्टफोर्डमाथि २-० को जित निकालेको हो ।
घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितका लागि लुईस डियाज र मोहम्मद सलाहले गोल गरे ।
खेलको १३औं मिनेटमा डिएगो जोटाको एसिस्टमा डियाजले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।
७०औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई जित दिलाए । सलाहको गोलमा डियाजको असिस्ट थियो ।
लिभरपुल २ खेलमा शतप्रतिशत नतिजाका साथ चौथो स्थानमा छ । ब्रेन्टफोर्ड ३ अंकका साथ तेह्रौ स्थानमा छ । दोस्रो राउन्डको खेल सकिदा म्यान्चेस्टर सिटी अंक तालिकाको शीर्ष स्थानमा छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]