default_image

1 year ago

August 26, 2024

लिभरपुलको लगातार दोस्रो जित

401 views

0 Bookmark

एजेन्सी – लिभरपुरले इंग्लिस प्रिमियर लिग(इपिएल) मा लगातार दोस्रो जित निकालेको छ । लिभरपुलले आइतवार ब्रेन्टफोर्डमाथि २-० को जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितका लागि लुईस डियाज र मोहम्मद सलाहले गोल गरे ।
खेलको १३औं मिनेटमा डिएगो जोटाको एसिस्टमा डियाजले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।

७०औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई जित दिलाए । सलाहको गोलमा डियाजको असिस्ट थियो ।

लिभरपुल २ खेलमा शतप्रतिशत नतिजाका साथ चौथो स्थानमा छ । ब्रेन्टफोर्ड ३ अंकका साथ तेह्रौ स्थानमा छ । दोस्रो राउन्डको खेल सकिदा म्यान्चेस्टर सिटी अंक तालिकाको शीर्ष स्थानमा छ ।

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

December 11, 2025

म्यानचेस्टर सिटीसँग रियल म्याड्रिड पराजित

एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

Success

Thank you for your time.