1 year ago
August 26, 2024
एजेन्सी – जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले जितका साथ सुखद सुरुवात गरेको छ । सिजनको आफ्नो पहिलो खेलमा बायर्नले उल्भ्सवर्गविरुद्ध ३-२ को जित निकाल्यो ।
उल्भ्सबर्गको घरेलु मैदानमा बायर्नलाई जित दिलाउन जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गर्दा १ गोल आत्मघाती रुप प्राप्त भयो । उल्भ्सबर्गका लागि दुवै गोल लोभ्रो मेजरले गरे ।
खेलको १९औं मिनेटमा मुसियालाको गोलमार्फत बायर्नले अग्रता लिएको थियो । ४७औं मिनेटमा मेजरले पेनाल्टीमा गोल गर्दै उल्भ्सबर्गलाई बराबरीमा ल्याए ।
५५औं मिनेटमा मेजरले व्यक्तिगत दोस्रो गोल गर्दा उल्भ्सबर्गलाई अग्रता दिलाए । ६०औं मिनेटमा उल्भ्सबर्गका याकुब कामिन्स्कीबाट आत्मघाती गोल भएपछि बायर्न २-२ को बराबरीमा आयो । ८२औं मिनेटमा जिनाब्रीले बायर्नका लागि निर्णायक गोल गरे ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]