1 year ago
August 27, 2024
एजेन्सी – स्पेनिस ला लिगामा सोमवार प्रतिस्पर्धात्मक खेलमा भिल्लारियलले सेल्टा भिगोलाई पराजित गरेको छ।
इन्ज्युरी समयको दसौं मिनेटमा ड्यानि परेजोले गोल गरेपछि भिल्लारियलले ४-३ को जित निकालेको हो।
घरेलु मैदानमा भएको खेलमा भिल्लारियलको जितमा परेजोसहित सर्जि कार्डन, थिएनो बेरीले गोल गरेका थिए। १ गोल आत्मघाती भएको थियो । सेल्टा भिगोकाबोर्जा लिग्लिसिया, ओस्कारला मिङ्गेजा र कार्ल स्टारफेल्टले गोल गरेका थिए ।
१२औं मिनेटमा लिग्लिसियाले गोल गर्दै सेल्टालाई अग्रता दिलाएका थिए । २६औं मिनेटमा कार्डनले गोल गर्दै भिल्लालाई बराबरीमा पुर्याएका थिए । ३१औं मिनेटमा मिङ्गेजाले गोल गर्दै सेल्टा भिगोलाई पुनः खेलमा अग्रता दिलाए।
६०औं मिनेटमा बेरीले गोल गर्दै भिल्लालाई खेलमा फर्काए । त्यसको ४ मिनेट पछि सेल्टाका जेल्सनको आत्मघाती गोलको भिल्लाले पुनः अग्रता लियो । ८०औं मिनेटमा स्टारफेल्टको गोलमा सेल्टा भिगोले खेलमा बराबरी गर्यो। इन्ज्युरी समयमा परेजोले गोल गर्दै भिल्लारियललाई जित दिलाए ।
३ खेलमा शतप्रतिशत नतिजाका साथ भिल्लारियल अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । ६ अंकका साथ सेल्टा भिगो दोस्रो स्थानमा झरेको छ। ला लिगामा मंगलबार १ खेल हुनेछ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]