1 year ago
August 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक २ घण्टा ४५ मिनेट ढिलो सुरू भएको छ ।
एन्फाको केन्द्रीय कार्यालय सातदोबाटोमा आज विहान ८ बजेदेखि बैठक सुरू हुने भनेर एन्फाले जनाएको थियो। तर समय भन्दा निकै ढिला १०:४५ मा मात्र एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको अध्यक्षतामा बैठक सुरू भएको छ । बैठक ढिला हुनुको विषयमा कसैले पनि ठोस कारण भने खुलाउन चाहेनन ।
बैठकमा कुल २३ एजेन्डा रहेका छन । जसमा उपाध्यक्ष विराटजङ्ग शाही र सदस्य पेमा डोल्मा लामाले थप गरेको एजेन्डा पनि समावेश गरिने बताइएको छ ।
उपाध्यक्ष शाहीले अन्तर्राष्ट्रिय (महिला र पुरुष) खेलाडीहरुको वर्गिकरण र सेवा सुविधा, फिफाद्धारा स्वीकृत भेडावारी परियोजना, रेफ्री तथा प्राविधिकको तलब वृद्धि सम्बन्धमा एजेण्डामा थप्न अनुरोध गरेका थिए ।
त्यस्तै आर्थिक वर्ष आव २०८०/ ८१ को आन्तरिक लेखा परिक्षण प्रतिवेदन, विश्व कप दोश्रो चरण अन्तर्गतका खेलहरुको आर्थिक विवरण र एन्फाको उपाध्यक्ष दावा लामाको विषयमा वरिष्ठ उपाध्यक्षको उजुरी र राखेपको पत्रका सम्बन्धमा पनि बैठकको एजेण्डामा थप्न शाहीले पत्रमा उल्लेख गरिएको थियो।
सदस्य लामाले महिला तथा पुरुष खेलाडीहरुको मासिक तलब भत्ता तलब वृद्धि, राष्ट्रिय महिला टिमको लागि विदेशी प्रशिक्षकको नियुक्ति, महिला लिगको पुरस्कार र मिशन विश्वकप २०२७-३१ का सम्बन्धको एजेण्डा थप गर्न माग गरेकी थिइन् ।
बैठकको एजेन्डाहरू यसप्रकार रहेका छन् ।
१. नयाँ आधुनिक फुटबल रंगशाला निर्माण बारे ।
२. उत्कृष्ट खेलाडी पुरस्कार बारे ।
३. खेलाडीको लागी नयाँ बस खरिद बारे ।
४. फिफा र ए.एफ. सीको अनुदानबाट भौतिक पुर्वधार निर्माण तथा अन्य क्षेत्रमा बजेट विनियोजन बारे।
५. खेलकुद सामाग्री खरिदको लागी बोल पत्र स्विकृत गर्ने बारे ।
६. कर्णली प्रदेश फुटवल संघ बारे ।
७. नयाँ सदस्य संस्था गठन बारे ।
८. कर्मचारी, खेलाडी, पदाधिकारीहरुको सेवा सुविधा बारे ।
९. पुरुष राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बारे ।
१०. ललित स्मृति यू १८ युथ लिगको अनुमानित खर्चको विवरण बारे ।
११. शहिद स्मारक वि डिभिजन लिग फुटबल प्रतियोगिताको बजेट बारे ।
१२. पदपुर्ति समितिको निर्णयहरु अनुमोदन बारे ।
१३. खद्यान्न सामाग्री सम्बन्धमा ।
१४. शेर्पा आउटडोर स्पोर्ट्स एण्ड गूड्स इन्डस्ट्री संगको हरहिसाव फरफारक बारे ।
१५. एन्फा एकेडेमीको खेलाडीहरुको लागी खेल सामाग्रीहरु खरिद बारे ।
१६. साफ यू २० र साफ वोमेन स च्याम्पियनसिपको वसोवास, यातायात, टिकट दर, अन्य मार्केटिङ्ग,
टिकेटिङ्ग राईट र बजेट बारे । १७. ग्रासरुट बजेट तथा कार्य विधि बारे ।
१८. महिला लिग २०२४को टिकट दर र अन्य मार्केटिङ्ग, बॉडकास्टिङ्ग, टिकेटिङ्ग राईटस बारे ।
१९. फुटबल फर स्कुलको राष्ट्रिय कार्यदल बारे ।
२०. बा ८ च ६१७ नंबरको गाडी सम्बन्धमा ।
२१. आ.व. २०८१/८२ को बार्षिक बजेट र कार्यक्रमको प्ररम्भीक छलफल बारे ।
२२. कार्यसमिती उपाध्यक्ष श्री बिराट जंग शाही र केन्द्रिय सदस्य श्री पेमा डोल्मा लामाद्धरा थप गर्नु भएको सुचीहरु बारे ।
२३. विविध
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]