1 year ago
August 29, 2024
एजेन्सी – एथ्लेटिक क्लबले स्पेनिस ला लिगामा
पहिलो जित हासिल गरेको छ । तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बुधवार एथ्लेटिकले भ्यालेन्सियालाई १-० ले पराजित गरेको छ।
घरेलु मैदानमा भएको खेलमा एथ्लेटिकलाई जित दिलाउन बेनाट प्राडोस डियाजले गोल गरे । डियाजले ४५ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
ला लिगाकै अर्को खेलमा भालाडोलिड र लेगानेसले गोलरहित बराबरीमा रोकिएका छन् । भालाडोलिडको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले पाएको अवसरलाई गोलमा बदल्न सकेनन् ।
त्यस्तै एट्लेटिको मड्रिडले इस्पानुयलसँग गोल रहित बराबरी खेलेको छ। बिहीवार बिहानै भएको अर्को खेलमा अल्भालेसले रियल सोसिडाडलाई पराजित भएको छ ।
तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा अल्भालेसले सोसिडाडलाई २-१ ले पराजित गर्यो । ला लिगामा बिहीबार १ खेल हुदैछ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]