default_image

1 year ago

August 29, 2024

एन्फा बैठकमा खेलाडी संघका अध्यक्ष लामाले असन्तुष्टि पोखे

2983 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाले अखिल नेपाल फुटबल संघ (एन्फा) को बैठकमा पदाधिकारी र सदस्यहरुको रवैयाप्रति असन्तुष्टि राख्दै यस्तै सिलसिला जारी रहे भविष्यमा आफू उपस्थिति नहुने बताएका छन्।

मंगलवार र बिहीवार दुई दिन विविधसहित २३ एजेण्डामा छलफल गर्न बसेको बैठकमा व्यवसायिक फुटबललाई चलायमान बनाउने भन्दा पनि प्रशासनिक र व्यक्तिगत कुण्ठा निकाल्ने थलोको‌ रुपमा विकसित हुँदै जाने खतरा बढेकोले असन्तुष्टि व्यक्त गरेको‌ लामाले बताएका छन् ।

‘निर्वाचित २१ जनाको‌ कार्यसमिति बाहेक जति पनि बैठकमा सहभागी हामीले निर्णय प्रक्रियामा भाग लिन मिल्दैन। सुझाव सम्म दिन मिल्छ । म खेलाडी संघको अध्यक्ष भएका नाताले व्यवसायिक फुटबल चलायमान होस् । खेलाडीले खेलेर बाच्ने अवस्थाका लागि छलफल होस् भन्ने चाहान्छु।‌ अरु प्रतिनिधिका‌ पनि अरु विषय हुनु स्वाभाविक हो,’ लामाले भने, ‘तर बैठकमा यस्ता विषयमा धेरै छलफल हुँदैन । अबको २/३ महिना व्यवसायिक फुटबल ठप्प जस्तै छ। सी डिभिजन लिग त भयो । बी र ए डिभिजन हुने निश्चितता छैन । खेलाडीले के निर्णय हुन्छ भनेर कुरिरहेका हुन्छन् । तर उनीहरूलाई दिने सुखद खबर हामीसँग कम हुन्छन्। सधै यस्तै भए‌ बैठकमा बस्नुको औचित्य देखिन्न। त्यसैले फुटबल बाहेकको छलफलमा उपस्थिति हुन्न भनेको हुँ।’

मंगलवार सुरु भएर स्थगित बैठक बिहीवार दिउँसो १:०० बजेलाई डाकिएको थियो। पहिलो दिन १४ वटा एजेण्डामा छलफल भएको बैठकका बाँकी एजेण्डा छलफल गरेर बिहीवार राति टुंगिएपनि एन्फाले निर्णयको औपचारिक जानकारी दिएको छैन।

पहिलो दिन अध्यक्ष पंकज विक्रम नेम्वाङको‌ प्रस्तावमा महासचिव किरण राईको तलब मासिक २ हजार अमेरिकी डलर पुर्याउने बहुमतबाट निर्णय भएको थियो। राष्ट्रिय फुटबल टोली महिला र पुरुष खेलाडीको मासिक तलब भने १८ हजारबाट बढाएर ३० हजार रुपैयाँ पराउने निर्णय भएको थियो। फुटबलका भौतिक पूर्वाधार निर्माणलगायत अन्य विषयमा पनि निर्णय भएका छन्।

एन्फा कार्यसमितिका पदाधिकारी र सदस्यहरुको प्रष्ट रुपमा दुई गुटमा भएकाले व्यक्तिगत समस्याका कारण पनि बैठक प्रभावकारी हुन नसकेको लामाको बुझाई छ ।

‘कतिपय राम्रा निर्णय पनि भएका छन् । तर कतिपय व्यक्तिगत कुण्ठा पनि बैठकमा आउने गरेका छन्। आफ्नो समूहको बचाउ गर्ने भएकाले पनि बैठक सोचेजति प्रभावकारी हुन सक्दैन,’ लामाले भने,’ त्यस्तोमा साक्षीका रुपमा मात्र हामी किन बस्नु भन्ने हुन थालेको छ। फुटबल राम्रो भए मात्र नयाँ पुस्ता यसमा आकर्षित हुने हुन् । नत्र विदेश पलायन बाहेक खेलाडी हुन चाहनेका लागि विकल्प देखिँदैन। नेतृत्वले आशा देखाउन नसक्दा खेलाडीमा नैराश्यता अझै बढ्छ सक्छ।’

एन्फा कार्यसमिति बाहेक नियुक्त पदाधिकारी, मनोनित पदाधिकारी, एन्फामा आबद्ध खेलाडी, महिला , प्रशिक्षक, रेफ्री संघ तथा प्रदेश संघका अध्यक्ष पनि बैठकमा सहभागी हुने गरेका छन् । निर्णय प्रक्रियामा भने निर्वाचित २१ सदस्यीयले‌ मात्र भाग लिन पाउँछन्।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.