default_image

1 year ago

September 1, 2024

हालान्डको ह्याट्रिकमा सिटीको जित

595 views

0 Bookmark

एजेन्सी – नर्वेली फरवार्ड एर्लीङ हालान्डको ह्याट्रिकको मद्दतमा गत सिजनको विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग (इपिएल) मा लगातार तेस्रो जित दर्ता गरेको छ ।

सिजनको लगातार तेस्रो जित हात पार्ने क्रममा सिटीले वेस्ट हाम ह्यामलाई ३-१ गोल अन्तरले पराजित गर्यो । वेस्ट ह्यामको घरेलु मैदानमा भएको खेलमा सिटीको जितमा हालान्डले ह्याट्रिक गरे । वेस्ट ह्यामले आत्मघाती रुपमा १ गोल उपाहार स्वरुप पायो ।

सिटीका लागि १०औं मिनेटमा हालान्डले गोल गर्दै अग्रता दिलाए । सिटीका रुवेन डायसले १९औं मिनेटमा आत्मघाती गोल गर्दै वेस्ट ह्यामलाई बराबरीमा पुर्याए । हालान्डले ३०औं मिनेटमा सिटीका लागि व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए ।

हालान्डले ८३औं मिनेटमा ह्याट्रिक पूरा गर्दै सिटीलाई सहज जित दिलाए । यो सिजन तेस्रो खेलमा हालान्डको यो दोस्रो ह्याट्रिक हो ।

लगातार तेस्रो जितसँगै सिटीले ९ अंक जोडेको छ । सिटी अंक तालिकाको पहिलो स्थानमा छ । पराजित वेस्टह्याम ३ अंकका साथ चौथौ स्थानमा छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.