1 year ago
September 2, 2024
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) लेफ्रेन्च लिग वानको यो सिजन पनि विजयी यात्रालाई जारी राखेको छ ।
लगातार तेस्रो जित निकाल्ने क्रममा पिएसजीले आइतवार लिलमाथि ३-१ को जित हात पारेको छ।
लिलको मैदानमा भएको खेलमा पिएसजीलाई जित दिलाउन भिटिन्हा, ब्राडली बारकोला र कोलो मुआनीले गोल गरे । लिलका लागि इडोन झेग्रोभाले १ गोल फर्काए ।
पिएसजीका लागि ३३औं मिनेटमा भिटिन्हाले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको ३ मिनेटपछि ब्राडली बारकोलाले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे ।
लिलका लागि ७८औं मिनेटमा इडोन झेग्रोभाले गोल गर्दै खेललाई २-१ मा ल्याए । इन्ज्युरी समयमा कोलो मुआनीले गोल गर्दै पिएसजीलाई ३-१ को अग्रतामा पुर्याएका थिए ।
३ खेलबाट ९ अंक जोड्दै पिएसजी तालिकाको शीर्ष स्थानमा छ । लिल ६ अंकका साथ छैठौं स्थानमा छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]