1 year ago
September 4, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा बुधवार विभागीय टोली त्रिभुवन आर्मी र संकटा फुटबल क्लब भिड्दै छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । यस संस्करणको पहिलो खेल खेल्दै गरेका दुवै टोली जितका साथ लिगको सुरुवात गर्न चाहन्छन् । यो खेल पहिलो राउन्डको अन्तिम खेल पनि हो । संकटाले लिगमा ४ खेलाडीलाई अनुबन्ध गरेको छ। त्यसमध्ये आर्मी विरुद्ध २ खेलाडीले खेल्ने सम्भावना छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना सुरु भएको लिगमा १० टोलीको सहभागिता रहेको छ। पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछ ।
November 9, 2025
रविन्द्र वाईबा ,हेटौंडा कास्कीको लालीगुराँस एसोसिएसन क्लब र कैलालीको विजय स्पोर्ट्सले जारी एन्फा प्रेसिडेन्ट लिगमा पहिलो जित निकालेको छ। लिग अन्तर्गत आइतवार हेटौंडाको गौरीटार रंगशालामा भएको खेलमा बर्दियाको जनजागृती युवा क्लबलाई ४-० गोलले र विजय स्पोर्ट्सले धनकुटाको देउराली युथ क्लबलाई ४-१ गोलले हराउँदै दुवै टोलीले लिगमा पहिलो जित निकालेको हो। लालीगुराँसका लागि आशिष गुरुङले ह्याट्रिकक […]
November 9, 2025
दिपक बोहोरा, दुधे (झापा) एलभिडी झापा महिला गोल्डकपको अन्तिम सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ फुटबल क्लबबीचको खेलमा एक गोलले रंगशालामा अनौठो दृश्य देखियो । खेल प्रतिस्पर्धात्मक थियो । तर ६४ औँ मिनेटमा आएको विवादास्पद गोलले मैदानदेखि दर्शकदीर्घासम्म कौतुहल बढायो । घटना यसरी भयो । आर्मीकी अनिता लम्जेलले दिपा राईलाई बल पास दिइन् । दिपाले […]
November 9, 2025
गोल कसको ? पास दिने चन्द्राको नाममा गोल दिदा सबै आश्चर्यमा दिपक बोहोरा, दुधे (झापा) एलभिडी झापा महिला गोल्डकपको अन्तिम सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ फुटबल क्लबबीचको खेलमा एक गोलले रंगशालामा अनौठो दृश्य देखियो । खेल प्रतिस्पर्धात्मक थियो । तर ६४ औँ मिनेटमा आएको विवादास्पद गोलले मैदानदेखि दर्शकदीर्घासम्म कौतुहल बढायो । घटना यसरी […]