default_image

1 year ago

September 6, 2024

रोनाल्डोले खेल जीवनमा कीर्तिमानी ९ सय गोल पूरा गरे

2648 views

0 Bookmark

एजेन्सी – पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो माथिल्लो स्तरमा ९ सय गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन्।

पोर्चुगलले नेसन्स लिगमा बिहीवार क्रोएसियालाई २-१ ले हराउँदा रोनाल्डोले दोस्रो गोल गरेका थिए।

३९ बर्षीय रोनाल्डोले ३४ औं मिनेटमा भलिमा गोल गरेका हुन्। नुनो मेन्डेसको‌ क्रसमा रोनाल्डोको गोल सम्भव भएको थियो।

पोर्चुगलका लागि खेल्न थालेको २० वर्षपछि रोनाल्डोले १ सय ३१ औं गोल पूरा गरे। गोल गरेपछि खुसी मनाउने क्रममा उनी घुँडा टेकेर बस्दै भावुक भएका थिए।

डिओगो डालोटको गोलमा सातौं मिनेटमा पोर्चुगललाई अग्रता दिलाएका थिए। डालोटकै आत्मघाती गोलमा ३१ औं मिनेटमा खेलमा २-१ भएको थियो।

रोनाल्डोले ९ सय गोलको कीर्तिमानका लागि स्पोर्टिङ लिस्बनबाट ५, म्यानचेस्टर युनाइटेडबाट १ सय ४५, रियल म्याड्रिडबाट ४ सय ५० , युभेन्टसबाट १ सय १ र अहिले साउदी अरबको अल नासरबाट ६८ गोल गरेका थिए।

नेसन्स लिगको समूह एमा रहेको पोर्चुगल पोल्याण्डसँगै ३ अंक भएको छ। पोल्याण्डले स्कटल्याण्डलाई हराएको थियो।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.