1 year ago
September 6, 2024
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा सानदार जित निकालेको छ ।
आफ्नो दोस्रो खेलमा पहिलो जित निकाल्नेक्रममा पुलिसले शुक्रवार सुदूरपश्चिम प्रदेशमाथि ९-० को फराकिलो जित हासिल गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दोस्रो खेलमा पुलिसलाई जित दिलाउन निरु थापा र दिपा न्यौपानेले ह्याट्रिक पूरा गरे । पुजा राना मगर, अनुष्का शेर्पा र घिमकुमारी गुरुङले समान १ गोल गरे ।
निरुले आठौं, ६८औं र ७७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । त्यस्तै दिपाले २९औं, ४६औं र ७०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।
पुजाले २८औं, ४६औं मिनेटमा घिमकुमारी र इन्ज्युरी समयमा अनुष्काले गोल गर्दै पुलिलको गोलअन्तरलाई फराकिलो पारिन् ।
पहिलो खेलमा नेपाल एपिएफ क्लबसँग बराबरीमा रोकिएको पुलिसले पहिलो जित निकालेको हो ।
सुदूरपश्चिमले भने लगातार दोस्रो हार बेहोरेको हो । पहिलो खेलमा सुदूरपश्चिम बागमती युथ क्लबसँग पराजित भएको थियो ।
आजै भएको पहिलो खेलमा संकटा क्लबले चन्द्रपुर नगरपालीकालाई गोलरहित बराबरीमा रोकेको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ। पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]