1 year ago
September 8, 2024
एजेन्सी – भुटानले दुई खेलको फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण श्रृखंलाको दोस्रो खेलमा बंगलादेशलाई पराजित गरेको छ ।
भुटानको चाङ्लिमिथाङ रंगशालामा आइतवार भएको दोस्रो खेलमा घरेलु टोलीले बंगलादेशमाथि १-० को जित निकालेको हो ।
योसँगै २ मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकिएको थियो । बिहीवार भएको पहिले मैत्रीपूर्ण खेलमा बंगलादेश १-० ले विजयी भएको थियो ।

भुटानको जितमा फरवार्ड किङ्गा वाङचुकले गोल गरे । इन्ज्युरी समयमा गोल गर्दै वाङचुकले भुटानलाई जित दिलाए ।
भुटानले बंगलादेशलाई पहिलो पटक पराजित गरेको हो । यसअघि भएका ४ खेलमा बंगलादेशले जितेको थियो ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]