1 year ago
September 9, 2024
एजेन्सी – युइएफए नेसन्स लिगमा स्पेनले स्विट्जरल्याण्डमाथि सहज जित निकालेको छ ।
दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा २०२४ को युरो कपको विजेता स्पेनले आइतवार स्विट्जरल्याण्डलाई ४–१ ले हराएको हो।
स्विट्जरल्याण्डको घरेलु मैदानमा भएको खेलमा स्पेनको जितमा फावियन रुइजले २ तथा जोसेलु र फेरान टोरेजले समान १ गोल गरेका थिए । स्विट्जरल्याण्डका लागि भने जाकी अम्बोउनीले गोल गरे ।
जोसुलुले चौथो मिनेटमै स्पेनलाई अग्रता दिलाएका हुन् । स्पेनका लागि रुइजले १३औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए ।
२०औं मिनेटमा नोर्मान्डले रातो कार्डको सामना गरेपछि स्पेन १० खेलाडीमा सिमित बन्यो । ४१औं मिनेटमा स्विटरल्यान्डका अम्बोउनीले गोल फर्काए ।
स्पेनका लागि ७७औं मिनेटमा रुइजले व्यतिगत दोस्रो गोल गर्दै ३-१ को अग्रता बनाए । टोरेसले ८०औं मिनेटमा गोल गर्दै स्पेनलाई सहज जित दिलाए ।
लिगमा पहिलो जित निकालेको स्पेनको ४ अंकका साथ ग्रुप ४ को तालिकाको दोस्रो स्थानमा छ । पहिलो खेलमा स्पेन सर्वियासँग गोलरहित बराबरीमा रोकिएको थियो ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]