1 year ago
September 10, 2024
एजेन्सी – फ्रान्सले नेसन्स लिगमा बेल्जियमलाई पराजित गरेको छ ।
दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा फ्रान्सले बेल्जियमलाई सोमवार २-० ले पराजित गर्यो । यसअघि फ्रान्स पहिलो खेलमा खेलमा इटालीसँग पराजित भएको थियो।
घरेलु मैदानमा भएको खेलमा फ्रान्सलाई जित दिलाउन रान्डल कोलो मुआनी र ओस्मान डेम्बेलेले गोल गरे ।
खेलको २९औं मिनेटमा मुआनीले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । ५७औं मिनेटमा डेम्बेलेले अर्को गोल थप्दै फ्रान्सको जित निश्चित गरे ।
खेलमा फ्रान्सका कप्तान तथा स्टार स्ट्राइकर किलियन एमबाप्पे भने बेन्चमा रहेका थिए । जितसँगै फ्रान्स ३ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
अर्को खेलमा इटलीले इजरायललाई २-१ गोलले पराजित गर्यो । इटलीको यो लगातार दोस्रो जित हात पारेको हो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]