default_image

1 year ago

September 10, 2024

महिला लिगको खेलको समय परिवर्तन

1933 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) –  एन्फा महिला लिगको खेलतालिका परिवर्तन भएको छ ।

अखिल नेपाल फुटबल संघ(एन्फा) ले मंगलवार विज्ञप्ती जारी गर्दै केही एन्फा कम्प्लेक्समा जारी लिग खेलको समय परिवर्तन भएको जानकारी गराएको हो ।

यसअघि खेल तालिकामा दिउँसो ४ः१५ बजे सुरु हने भनिएका खेल दिउँसो ३:१५ बजे सुरु हुने भएको छ।
एन्फाले प्राविधिक कारणले गर्दा केही खेलको समय परिवर्तन गरिएको जनाएको छ‌ ।

दुई खेल भएको दिन पहिलो खेल यसअघि जस्तै दिउँसो १२:३० बजे र दोस्रो खेल दिउँसो ३:३० बजे सुरु हुने बताइएको छ। एक खेल मात्र भएको दिन दिउँसो १:०० वा ३:०० बजे सुरु हुने गरेको छ।

एन्फाका अनुसार बुधवार देखि लागू हुने गरि म्याच नं. १७, १९, २२, २४, २७, २९, ३२, ३४, ३७, ३९, ४२ र ४४ को समय परिवर्तन गरि अगाडि सारिएको हो ।

१० टोली सहभागी लिगमा मंगलवार तेस्रो राउन्डका खेल सकिदा कोशी प्रदेश अपराजित रुपमा ९ सहित अंक तालिकाको शीर्ष स्थानमा छ । सुदूरपश्चिम प्रदेश अंक बिहिन लिगको पुछारमा छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.