1 year ago
September 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल एपिएफ फुटबल क्लबले एन्फा महिला लिगमा वालिङ नगरपालिकामाथि कठिन जित निकाल्दै दोस्रो स्थानमा उक्लिएको छ।
चौथो खेलमा तेस्रो जित निकाल्ने क्रममा एपिएफले बिहीवार वालिङलाई २-१ हरायो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा एपिएफलाई जित दिलाउन रेनुका नगरकोटी र रश्मीकुमारी घिसिङले गोल गरे । वालिङका लागि भने सिसे एन्टोङगोले सान्त्वना गोल गरिन् ।
खेलको १२औं मिनेटमै कप्तान रेनुकाले गोल गर्दै एपिएफलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । खेलको ३८औं मिनेटमा रश्मीले एपिएफको अग्रता दोब्बर बनाइन् । वालिङका लागि ८०औं मिनेटमा सिसेले गोल गरिन् ।
४ खेलबाट १० अंकका साथ एपिएफ दोस्रो स्थानमा छ । समान १० रहे पनि गोलअन्तरका आधारमा नेपाल पुलिस क्लब शीर्ष स्थानमा छ ।
आजै भएको पहिलो खेलमा विभागिय टोली त्रिभुवन आर्मी क्लबले बागमती युथ क्लबलाई ३-० ले पराजित गरेको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना सुरु भएको लिगमा १० टोलीको सहभागिता रहेको छ। पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]