1 year ago
September 15, 2024
एजेन्सी – नर्वेली फरवार्ड एर्लिङ हालान्डको २ गोलमा इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा म्यान्चेस्टर सिटीले ब्रेन्टफर्डमाथि जित निकालेको छ ।
लगातार चौथो जित निकाल्ने क्रममा सिटीले शनिवार ब्रन्टफोर्डलाई २-१ ले पराजित गरेको हो । ब्रेन्टफोर्डले पहिलो मिनेटमा नै लिएको अग्रता जोगाउन सकेन। योओनी विसाले पहिलो गोल पनि सिटीले खेलमा पुनरागमन गर्यो।
१९औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई बराबरीमा पुर्याए । उनले ३२औं मिनेटमा गरेको दोस्रो गोल खेलको निर्णायक बन्यो।
अपराजित सिटीको ४ खेलबाट १२ अंक भएको छ । २० टोली सहभागी लिगमा सिटी शीर्ष स्थानमा छ । समान खेल खेलेको ब्रेन्टफर्ड भने ६ अंकका साथ नवौं स्थानमा छ ।
शनिवारका अन्य खेलमा म्यानचेस्टर युनाइटेडले साउथह्यापटनलाई ३-० ले पराजित गर्दा ब्राईटनले इप्स्विच टाउनसँग गोलरहित बराबरी खेलेको थियो । फुलहम र वेस्टहमले १-१ को बराबरी खेले। नटिङघम फरेस्टले लिभरपुललाई १-० ले, एस्टन भिल्लाले एभर्टनलाई ३-२ ले र चेल्सीले बर्नमाउथलाई १-० ले पराजित गरेको थियो। इपिएलमा आइतवार २ खेल हुनेछन् ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]