1 year ago
September 16, 2024
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा न्युकासल युनाईटेडले वल्भ्समाथि जित निकालेको छ ।
चौथो खेलमा तेस्रो जित निकाल्ने क्रममा न्युकासलले आइतवार वल्भ्सलाई २-१ ले पराजित गरेको हो । न्युकासललाई जित दिलाउन फैबियन शार र हार्वे बार्न्सले गोल गरे । वल्भ्सका लागि भने मारियो लेमिनाले १ गोल फर्काए ।
खेलमा अग्रता भने घरेलु टोली वल्भ्सले नै लिएको थियो । लेमिनाले खेलको ३६औं मिनेटमा गोल गर्दै अग्रता दिएपनि टोलीले त्यसलाई जोगाउन सकेन। न्युकासलका शारले ७५औं मिनेटमा बराबरी गोल फर्काए । बार्न्सले ८० औं मिनेटमा गोल गर्दै न्युकासललाई जित दिलाए ।
आइतवार नै भएको अर्को खेलमा आर्सनलले टोटनहम ह्ट्सपरमाथि जित निकालेको थियो । चौथो खेलमा तेस्रो जित निकाल्ने क्रममा आर्सनलले टोटनहमलाई १-० ले पराजित गरेको हो । आर्सनललाई जित दिलाउन गेब्रियल मगाल्हेसले ६४ औं मिनेटमा गोल गरे ।
आर्सनल र न्युकासलको ४ खेलबाट समान १० अंक भएको छ । गोल अन्तरमा आर्सनल दोस्रो र न्युक्यासल तेस्रोमा अघि छ । शीर्षस्थानको म्यानचेस्टर सिटीको १२ अंक छ। समान खेलबाट टोटनहमको ४ र वल्भ्सको १ अंक छ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]