1 year ago
September 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर लाकेन लिम्बु आई ( इन्डियन ) लिग टोली दिल्ली एफसीमा आबद्ध भएका छन् ।
दिल्लीले आफ्नो फेसबुक पेजमार्फत लाकेन क्लबमा आबद्ध भएको जनाएको छ । गत साता नै दिल्ली पुगेका लाकेनले एक सिजनका लागि सम्झौता गरेका छन् ।
डेढ वर्षअघि भएको सहिद स्मारक ए डिभिजन लिगमा उनी थ्री स्टार क्लबबाट खेलेका थिए । लिगकै प्रदर्शनबाट उनले राष्ट्रिय टोलीको यात्रा तय गरेका थिए । उनी अहिले टोलीको पहिलो रोजाईका खेलाडी हुन् ।
मोफसलका नकआउट प्रतियोगिता मछिन्द्र क्लबबाट खेलेका लाकेनले गत महिना चर्च ब्वाइज युनाइटेडबाट भुटानको पारो एफसी विरुद्ध एएफसी च्यालेन्ज कपको प्ले अफ खेलेका थिए ।
आई लिगको नयाँ सिजन बिहीवार सुरु हुँदैछ । गत सिजन दिल्लीले छैटौं स्थानमा रहेर आई लिगको अन्त्य गरेको थियो ।

December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]