default_image

1 year ago

September 17, 2024

सांग्रिला युथ एफसीलाई इन्ट्रा कप‌ फुटबल उपाधि

683 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- सांग्रिला युथ एफसीले चौथो इन्ट्रा कप‌ फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

अमेरिकाको एर्कोनमा भएको प्रतियोगिताको फाइनलमा पथरी एफसीलाई १-० ले हराउँदै सांग्रिलाले उपाधि जितेको हो। समिर गुरुङको गोलमा सांग्रिलाले फाइनल जितेको थियो।

सांग्रिलाले १० तोलाको‌ सुनको ट्रफीसहित १५ हजार अमेरिकी डलर प्राप्त गरेको छ। त्यसअघि सेमिफाइनलमा पथरीले चुके एफसीलाई पेनाल्टी सुट आउटमा र सांग्रिलाले तिमाई स्क्वार्डलाई ५-१ ले हराउँदै फाइनल भेट पक्का गरेका थिए।

व्यक्तिगत अवार्डमा पनि सांग्रिलाका खेलाडीको बाहुल्यता रह्यो। सांग्रिलाका विक्रम हुमागाईं उत्कृष्ट गोलकिपर, निराजन चौधरी उत्कृष्ट डिफेन्डर, रोजिन प्रजापति उत्कृष्ट मिडफिल्डर, मनोज चौहान उत्कृष्ट फरवार्ड, समिर गुरुङ सर्वोत्कृष्ट खेलाडी तथा किरण थापा उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए।

पिस जोन कपसँगको सहकार्य इन्ट्रा नेसनल वेलफेयर एन्ड सर्पोट फाउन्डेसनले प्रतियोगितामा आयोजना गरेको हो। कोप्ले सकर कम्प्लेक्समा तीन दिनसम्म चलेको प्रतियोगितामा महिला, पुरुष ३० वर्ष माथि र भेट्रान्सको पनि प्रतिस्पर्धा भएको थियो।

समापनका अवसरमा आयोजकले मेरो‌ डान्सिङ युनिभर्सल र मेरो डान्स युनिभर्सको दोस्रो संस्करणको घोषणा गरेको थियो। इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले प्रतियोगितामा सहयोग गर्ने सबैलाई धन्यावाद दिए।

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

December 4, 2025

रियलको जितमा एम्बाप्पेको २ गोल

एजेन्सी – रियल माड्रिडले एथ्लेटिक बिल्बाओलाई ३- ० ले हराउँदै ला लिगामा शीर्षस्थान टोली बार्सिलोनासँगको अंक दूरीलाई कम गरेको छ। सन मामेसमा बुधवार भएको खेलमा रियललाई‌ जित दिलाउन किलियन एम्बाप्पेको भूमिका महत्वपूर्ण रह्यो ।‌ उनले २ गोल र एक असिस्ट गरे। खेल सुरु भएको सात मिनेटमा ट्रेन्ट एलेक्जान्डर आर्नोल्डको पासबाट एम्बाप्पेले पहिलो गोल गरे। यो […]

Success

Thank you for your time.