default_image

1 year ago

September 18, 2024

कुर्दान र बुढानिलकण्ठ एफएको जित

485 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं जिल्ला स्तरीय नकआउट तथा लिग फुटबल प्रतियोगिताको पहिलो बुधवार कुर्दान फुटबल एकेडेमी र बुढानिलकण्ठ फुटबल एकेडेमी विजयी भएका छन्।

सानो गौचरणमा भएको पहिलो खेलमा कुर्दानले त्रिशक्ति युवा क्लबलाई पेनाल्टी सुटआउटमा ३-१ ले हरायो। निर्धारित समय ३-३ को‌ बराबरीपछि पेनाल्टी सुटआउटमा कुर्दानले बाजी मारेको हो ।

अर्को खेलमा बुढानिलकण्ठले जेएफए स्पोर्टसलाई‌ २-० ले हराएको छ।

काठमाडौं जिल्ला फुटबल संघको आयोजनामा असोज १६ गते सम्म चल्ने प्रतियोगितामा १२ टोलीको‌ सहभागिता रहेको छ ।

संघका महासचिव आकाश गुरुङ, सदस्य काजी कन्दङवा र फुटबल प्रशिक्षक देवेन्द्र जंग शाहीले संयुक्त रुपमा प्रतियोगिताको उद्घाटन गरेका थिए।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.