1 year ago
September 19, 2024
सुमन अधिकारी,बुटवल
झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ ।
समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो ।
कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान सन्जु सेनले गोल गरे । निरज चौधरीले ३१ औं मिनेटमा गोल गर्दा कपिलवस्तुले पहिलो हाफमा २-० को अग्रता बनायो।
सन्जुले ५१औं मिनेटमा व्यक्तिगत दोस्रो गोल, मनिष पुनले ६२ औं मिनेटमा तथा अविनाश थापाले ६५ औं र ७० औं मिनेटमा गोल गरेपछि कपिलवस्तुको जित सहज बन्यो। कपिलवस्तुका अविनाश थापा प्लेयर अफ दी म्याचबाट भए ।
शुक्रवार सुमह एको पहिलो खेलमा लिस्नु युवा क्लब र सुनौलो संगम युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ।
स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा आयोजित प्रतियोगितामा विभिन्न जिल्लाका १६ टोलीको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेताले नगद ३ लाख ३१ हजार र दोस्रो हुने टोलीले १ लाख ८१ हजार रुपैयाँ र सेमिफाइनलमा पराजित दुई टोलीले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]