default_image

1 year ago

September 21, 2024

संकटाको सहज जितमा टोमिलोपेको ४ गोल

384 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – टोमिलोपे जेनिफरले ४ गोल गरेको एन्फा महिला लिगको खेलमा  संकटा क्लबले सुदूरपश्चिम प्रदेशलाई‌ ६-० ले हराएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा संकटाको जितमा जेनिफरका अलवा ममता पुन र पुर्णिमा हमालले समान १ गोल गरे । सातौं खेलमा संकटको यो दोस्रो जित हो।

खेलको चौथो मिनेटमा पहिलो गोल गरेकी जेनिफरले १२औं र ५२औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । ममताले ८३औं मिनेटमा गोल गर्दै खेललाई ४-० मा पुर्याइन् । ८७औं मिनेटमा पुर्णीमाले गोल गरिन् । इन्ज्युरी समयमा जानिफरले व्यक्तिगत चौथो गोल गर्दै संकटाको‌ जित अन्तर फराकिलो पारिन् ।

संकटा ७ खेलमा ८ अंकका साथ तालिकाको छैटौं स्थानमा उक्लिएको छ । समान खेलमा अंक बिहीन सुदूरपश्चिम तालिकाको पुछारमा छ ।

अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र वालिङ नगरपालिबीच जारी छ। पुलिस र वालिङको समान ६ खेलमा समान १२ अंक छ । गोलअन्तरले पुलिस तेस्रो र वालिङ चौथो स्थानमा छ ।

अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीले पहिलो चरणमा एक अर्का विरुद्ध खेल्नेछन् ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.