1 year ago
September 21, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी यु-२० एसियन कप छनोटको पहिलो खेलमा नेपाल कम्बोडियासँग ४-१ को फराकिलो अन्तरले पराजित भएको छ।
चाइनिज ताइपेईमा जारी ग्रुप बीको खेलमा नेपालले कमजोर प्रदर्शन गर्यो। नेपाल विरूद्ध कम्बोडियाले सुरूवातमा नै अग्रता बनायो। भ्रेक फानको हेडर गोलमा खेलको तेस्रो मिनेटमा कम्बोडियाले अग्रता कायम गर्यो।
पहिलो गोल खाएर सम्हालिन नपाउँदै नेपालले सातौं मिनेटमा दोस्रो गोल बेहोर्यो। नेपाली खेलाडीले क्लियर गर्न नसकेको बललाई फोयुक थाथायीले सही दिशा दिए।
सात मिनेटभित्र २-० ले परेको नेपालले पहिलो हाफको इन्जुरी समयमा गोल फर्कायो। निराजन कार्कीको क्रसमा समिर तामाङको डाइभिङ हेडर सुन्दर गोलमा परिणत भयो।
तर दोस्रो हाफमा पनि कम्बोडियाले खेलमा पकड बनायो। ६१औं मिनेटमा मिन चानरिथले बक्स बाहिरबाट हानेको प्रहार गोलमा परिणत भयो।
३-१ ले पछि परेपछि नेपालले फरर्वाडमा बढी जोड दियो। जहाँ नेपाल सफल हुन सकेन भने त्यसको फाइदा उठाउँदै खेल सकिन सात मिनेट बाकी छँदा इएभ सोभानाराले अर्को गोल थपे। अब नेपालले सोमवार आयोजक चाइनिज ताइपेइको सामना गर्नेछ।
नेपाल ग्रुप बीमा डिफेन्डिङ च्याम्पियन उज्वेकिस्तान, बहराइन, चाइनिज ताइपेइ र कम्बोडियासँग रहेको छ। सन् २०२५ मा हुने एएफसी यु-२० एसियन कपमा कुल ४५ राष्ट्रको सहभागिता रहेको छ।
४५ राष्ट्रलाई १० समुहमा विभाजन गरिएको छ। प्रत्येक समुहको विकेता र ५ उत्कृष्ट उपविजेता यु-२० एसियन कपमा छनोट हुनेछन्।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]