1 year ago
September 21, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी यु-२० एसियन कप छनोटको पहिलो खेलमा नेपाल कम्बोडियासँग ४-१ को फराकिलो अन्तरले पराजित भएको छ।
चाइनिज ताइपेईमा जारी ग्रुप बीको खेलमा नेपालले कमजोर प्रदर्शन गर्यो। नेपाल विरूद्ध कम्बोडियाले सुरूवातमा नै अग्रता बनायो। भ्रेक फानको हेडर गोलमा खेलको तेस्रो मिनेटमा कम्बोडियाले अग्रता कायम गर्यो।
पहिलो गोल खाएर सम्हालिन नपाउँदै नेपालले सातौं मिनेटमा दोस्रो गोल बेहोर्यो। नेपाली खेलाडीले क्लियर गर्न नसकेको बललाई फोयुक थाथायीले सही दिशा दिए।
सात मिनेटभित्र २-० ले परेको नेपालले पहिलो हाफको इन्जुरी समयमा गोल फर्कायो। निराजन कार्कीको क्रसमा समिर तामाङको डाइभिङ हेडर सुन्दर गोलमा परिणत भयो।
तर दोस्रो हाफमा पनि कम्बोडियाले खेलमा पकड बनायो। ६१औं मिनेटमा मिन चानरिथले बक्स बाहिरबाट हानेको प्रहार गोलमा परिणत भयो।
३-१ ले पछि परेपछि नेपालले फरर्वाडमा बढी जोड दियो। जहाँ नेपाल सफल हुन सकेन भने त्यसको फाइदा उठाउँदै खेल सकिन सात मिनेट बाकी छँदा इएभ सोभानाराले अर्को गोल थपे। अब नेपालले सोमवार आयोजक चाइनिज ताइपेइको सामना गर्नेछ।
नेपाल ग्रुप बीमा डिफेन्डिङ च्याम्पियन उज्वेकिस्तान, बहराइन, चाइनिज ताइपेइ र कम्बोडियासँग रहेको छ। सन् २०२५ मा हुने एएफसी यु-२० एसियन कपमा कुल ४५ राष्ट्रको सहभागिता रहेको छ।
४५ राष्ट्रलाई १० समुहमा विभाजन गरिएको छ। प्रत्येक समुहको विकेता र ५ उत्कृष्ट उपविजेता यु-२० एसियन कपमा छनोट हुनेछन्।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]