1 year ago
September 22, 2024
एजेन्सी – जर्मन बुन्डेसलिगामा बार्यन म्युनिखले अपराजित यात्रा कायम राखेको छ । सिजनमा लगातार चौथो जित निकाल्ने क्रममा बायर्नले शनिवार विडर ब्रेमेनलाई ५-० ले पराजित गर्यो ।
ब्रेमेनको घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जिताउन माइकल ओलिसीले २ तथा सर्ज नेर्भी, ह्यारी केन र जमाल मुसियालाले समान १ गोल गरे ।
ओलिसीले २३औं मिनेटमा गोल गर्दै बायर्नलाई अग्रता दिलाए । मुसियालाले ३२औं मिनेटमा बायर्नको अग्रता दोब्बर बनाउदा ५७औं मिनेटमा केनले बायर्नलाई ३-० मा पुर्याए ।
ओलिसीले ६०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थपे। ६५औं मिनेटमा नेर्भीले गोल गर्दै बायर्नको गोलअन्तरलाई फराकिलो बनाए ।
बायर्न ४ खेलबाट १२ अंक बटुल्दै शीर्ष कायम छ । ब्रेमेन समान खेलबाट ५ अंकका साथ दशौं स्थानमा छ ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]