1 year ago
September 22, 2024
हिमाल खरेल, बिर्तामोड
झापा एफसी मोरङको पथरीमा जारी प्रथम पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पथरी ११ एफसीले आयोजना गरेको गोल्डकपमा आइतवार दोस्रो क्वार्टर फाइनलमा धरान सिटी एफसीलाई ४–० ले हराउँदै झापा ११ अन्तिम चारमा पुगेको हो ।
झापा ११ का लागि प्रदीप बुढाथोकीले ह्याट्रिक पूरा गरे । उनले खेलको नवौं , ११ औं र ५२औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । प्रदिप प्लेयर अफ दि म्याच बने । अर्को गोल अभिषेक गुरुङको नाममा रह्यो । पारस कार्कीले मिलाइदिएको पासमा अभिषेकले खेलको इन्ज्युरी समयमा गोल गरेका हुन् ।
शनिवार उद्घाटन खेलमा आयोजकले पाँचथर क्लबलाई २–१ हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
विजेताले ३ लाख तथा दोस्रो हुने टोलीले २ लाख रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने मेला समिति अध्यक्ष सुमन विकले जानकारी दिए ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले २५ हजार तथा विधागत उत्कृष्ट खेलाडी समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार प्राप्त गर्नेछन् ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]