1 year ago
September 22, 2024
सुशील पन्त क्षेत्री, चितवन
एपिएफ फुटबल क्लब गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । १० खेलाडीमा सीमित वीरगन्ज युनाइटेडलाई ३–० ले हराउँदै एपिएफ सेमिफाइनलमा पुगेको हो । एपिएफको जितमा विके तमाङले २ तथा बुद्धिमान राईले १ गोल गरे ।
खेलको ४१ औं मिनेटमा बुद्धिमानको गोलमा एपिएफले अग्रता लिएको थियो । दोस्रो हाफमा वीरगन्ज १० खेलाडीमा सीमित भयो । वीरगन्जका गोलकिपर दिलमणी चौधरीले ४९ औं मिनेटमा रातो कार्ड खाए । ५४ औं मिनेटमा दोस्रो हाफमा मैदान छिरेका विकेले गोल गरेपछि एपिएफले अग्रता दोब्बर बनायो ।
७३ औं मिनेटमा विकेले व्यक्तिगत दोस्रो गोलपरेपछि एपिएफ ३–० ले विजयी भयो । एपिएफका विश्वास उदास प्लेयर अफ दि म्याच भए । प्रतियोगितामा सोमवार दिउँसो ३ः३० बजे हुने खेलमा सूर्यपुर एफसी र सल्हेस एफसी सिराहाबीच प्रतिस्पर्धा हुनेछ।असोज १२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख र दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]