default_image

1 year ago

September 23, 2024

सिटी हारबाट जोगियो

468 views

0 Bookmark

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा आइतवार भएको खेलमा म्यानचेष्टर सिटी हारबाट जोगिएको छ ।

खेलको अन्तिम मिनेटमा जोन स्टोनेसले गोल गरेपछि सिटी हारबाट जोगिएको हो । पाँचौ खेलमा अपराजित सिटीले आर्सनलसँग २-२ को बराबरीमा रोकिएको हो ।

घरेलु मैदान इत्तिहादमा सिटीले अग्रता बनाएपनि जित निकाल्न सकेन । बराबरीका लागि पनि अन्तिम समयसम्म कुर्नु पर्यो ।

सिटीको लागि एर्लिङ हालाण्ड र जोन स्टोनेसले गोल गरे । आर्सनलका लागि निकार्डो कालाफिओरी र गाब्रिअल मगालहाल्सले गोल गरेका हुन् ।

नवौं मिनेट हालाण्डको गोलमा सिटीले अग्रता बनाएको थियो । साभिन्होको पासमा २२औं मिनेटमा रिकार्डोले आर्सनलका लागि बराबरी गोल गरे ।

पहिलो हाफको इन्ज्युरी समयमा आर्सनलका लागि गाब्रियलले गोल गर्दै २-१ को अग्रता बनाए । पहिलो हाफको इन्ज्युरी समयमा नै आर्सनलका लेआन्द्रो ट्रोसार्डले रातो कार्ड पाएका थिए ।

दोस्रो हाफ पुरै १० खेलाडीमा सिमित आर्सनलविरुद्ध बराबरी गोल गर्न सिटीले खेलको इन्जुरी समय पर्खनु परेको थियो । स्टोनेसले इन्ज्युरी समयको अन्तिम मिनेटमा गोल गर्दै साविक विजेताको सिजनको पहिलो हार टारे ।

बराबरीपछि सिटी ५ खेलबाट १३ अंकसहित शीर्ष स्थानमा छ । सिटीको समान खेलमा १२ अंक रहेको लिभरपुल दोस्रो स्थानमा झर्यो । आर्सनल ११ अंकसहित चौथो स्थानमा छ ।

अर्को खेलमा नटिङघम फरेस्ट र ब्राइटनले पनि २-२ को बराबरी खेलेका थिए ।

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

Success

Thank you for your time.