default_image

1 year ago

September 23, 2024

सिटी हारबाट जोगियो

470 views

0 Bookmark

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा आइतवार भएको खेलमा म्यानचेष्टर सिटी हारबाट जोगिएको छ ।

खेलको अन्तिम मिनेटमा जोन स्टोनेसले गोल गरेपछि सिटी हारबाट जोगिएको हो । पाँचौ खेलमा अपराजित सिटीले आर्सनलसँग २-२ को बराबरीमा रोकिएको हो ।

घरेलु मैदान इत्तिहादमा सिटीले अग्रता बनाएपनि जित निकाल्न सकेन । बराबरीका लागि पनि अन्तिम समयसम्म कुर्नु पर्यो ।

सिटीको लागि एर्लिङ हालाण्ड र जोन स्टोनेसले गोल गरे । आर्सनलका लागि निकार्डो कालाफिओरी र गाब्रिअल मगालहाल्सले गोल गरेका हुन् ।

नवौं मिनेट हालाण्डको गोलमा सिटीले अग्रता बनाएको थियो । साभिन्होको पासमा २२औं मिनेटमा रिकार्डोले आर्सनलका लागि बराबरी गोल गरे ।

पहिलो हाफको इन्ज्युरी समयमा आर्सनलका लागि गाब्रियलले गोल गर्दै २-१ को अग्रता बनाए । पहिलो हाफको इन्ज्युरी समयमा नै आर्सनलका लेआन्द्रो ट्रोसार्डले रातो कार्ड पाएका थिए ।

दोस्रो हाफ पुरै १० खेलाडीमा सिमित आर्सनलविरुद्ध बराबरी गोल गर्न सिटीले खेलको इन्जुरी समय पर्खनु परेको थियो । स्टोनेसले इन्ज्युरी समयको अन्तिम मिनेटमा गोल गर्दै साविक विजेताको सिजनको पहिलो हार टारे ।

बराबरीपछि सिटी ५ खेलबाट १३ अंकसहित शीर्ष स्थानमा छ । सिटीको समान खेलमा १२ अंक रहेको लिभरपुल दोस्रो स्थानमा झर्यो । आर्सनल ११ अंकसहित चौथो स्थानमा छ ।

अर्को खेलमा नटिङघम फरेस्ट र ब्राइटनले पनि २-२ को बराबरी खेलेका थिए ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.