1 year ago
September 23, 2024
काठमाडौं(हाम्रो खेलकुद) – कोशी प्रदेश र चन्द्रपुर नगरपालिकाले एन्फा महिला लिगमा अंक बाडेका छन् । कोशी र चन्द्रपुरले १-१ को बराबरी खेलेका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा चन्द्रपुरले अग्रता लिएको थियो । चन्द्रपुरका लागि सुनिता सुनारले ५१औं मिनेटमा गोल गरिन् । निर्धारित समय सकिन १० मिनेट बाकी रहँदा ममता राउतले गोल गर्दै खेललाई बराबरीमा पुर्याइन् ।
बराबरीसँगै कोशी ८ खेलमा ११ अंकका साथ पाँचौ स्थानमा कायमै रहेको छ । चन्द्रपुरले समान खेलबाट ८ अंक जोड्दै सातौं स्थानमा छ ।
आजै हुने अर्को खेलमा शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशसँग खेल्दैछन् । दुईबीचको खेल एन्फा कम्प्लेक्समा सातदोबाटोमा दिउँसो ३ः३० बजे सुरु हुनेछ ।
एपिएफ लिगको ७ खेलमा ६ मा जित र १ बराबरी सहित १९ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । सुदूरपश्चिम ७ खेलमा अंकबिहिन रुपमा तालिकाको पुछारमा रहेको छ ।
लिगको सातौ राउन्डसम्ममा एपिएफले २५ गोल गर्दै २ गोल बेहोरेको छ। सुदूरले ३ गोल गरेर ४६ गोल खाएको छ ।
अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीले पहिलो चरणमा एक अर्का विरुद्ध खेल्नेछन् ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]