default_image

1 year ago

September 23, 2024

सुदूरपश्चिमविरुद्ध एपिएफका ३ खेलाडीको ह्याट्रिक

1792 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – तीन खेलाडीले ह्याट्रिक गरेको खेलमा नेपाल एपिएफ फुटबल क्लबले सुदूरपश्चिम प्रदेशविरुद्ध गोलको वर्षा गरेको छ ।

एन्फा महिला लिगमा सातौं जित निकाल्ने क्रममा सोमवार एपिएफले सुदूरपश्चिमलाई १९-० ले हराएको छ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपिएफलाई फराकिलो जित दिलाउने क्रममा रश्मिकुमारी घिसिङ र अनिता केसीले ४ गोल , प्रिती राईले ह्याट्रिक, कुशुम खतिवडा र सविता राना मगरले समान २ तथा सरु लिम्बु र रेनुका हमालले समान १ गोल गरिन् । सुदूरपश्चिम प्रदेशले एपिएफलाई २ गोल उपहार स्वरुप दिएको थियो ।

रश्मिले आठौं, ४२औं, ४६औं र ७३औं मिनेटमा गोल गरिन् । अनिताले १३औं, पहिलो हाफको इन्ज्युरी समयमा २ तथा ६२औं मिनेटमा गोल गरिन् । प्रितीले पहिलो हाफको इन्ज्युरी समयमा तथा ६४औं र ६६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।

कुशुमले ८३औं र ८५औं मिनेटमा गोल गरिन् । सविताले ३०औं र ४४औं मिनेटमा गोल थपिन् । सरुले ३३औं र रेनुकाले ८९औं मिनेटमा गोल गरिन् । सुदूरपश्चिमका सुमि हगंम राई र टिक्श्वरी साउदले आत्मघाती गोल गरिन् ।

आजै भएको पहिलो खेलमा कोशी प्रदेश र चन्द्रपुर नगरपालिकाले १-१ को बराबरी खेलेका छन् ।
चन्द्रपुरका लागि सुनिता सुनारले ५१औं मिनेटमा गोल गरिन् । खेल सकिन १० मिनेट बाँकी रहँदा ममता राउतले गोल गर्दै खेललाई बराबरीमा पुर्याइन् ।

बराबरीसँगै कोशी ८ खेलमा ११ अंकका साथ पाँचौ स्थानमा कायमै रहेको छ । चन्द्रपुरले समान खेलबाट ८ अंक जोड्दै सातौं स्थानमा छ ।

एपिएफ लिगको ८ खेलमा ७ जित र १ बराबरी सहित २२ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । सुदूरपश्चिम ८ खेलमा अंकबिहीन तालिकाको पुछारमा छ ।

अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीले पहिलो चरणमा एक अर्का विरुद्ध खेल्नेछन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.