1 year ago
September 23, 2024
सुमन अधिकारी, बुटवल
रुपन्देहीमा जारी ३६ औं झरना रनिङशिल्ड फुटबल प्रतियोगितामा सोमवार जनज्योती फुटबल क्लब (जेजेएफसी) विजयी भएको छ ।
स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा कुन्जलापुरस्थित फुटबल मैदानमा वालिङ युनाइटेड एफसीलाई संघर्षपूर्ण खेलमा २-१ ले पराजित गर्दै जेजेएफसी प्रतियोगिताको अन्तिम आठमा पुगेको छ ।
निकै प्रतिस्प्रधात्मक खेलको पहिलो हाफ गोल रहित बराबरी सकिएको थियो । दोस्रो हाफको खेल शुरु भएको दोस्रो मिनेटमा जेजेएफसीले अग्रता लियो ।
डिबक्सभित्र वालिङका रुपेश हमालले फाउल गरेपछि पाएको पेनाल्टीमा जेजेएफसीका सन्दिप बिष्टले गोल गर्दै टोलीलाई अग्रता दिएका हुन् । तर अग्रता धेरै बेर टिकेन ।
वालिङका निश्चया थापाले लगतै बराबरी गोल गरे ।
जेजेएफसीका चन्दन दासले ६५ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। । जेजेएफसीका जन्मजय धामी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए।
प्रतियोगितामा मंगलबार देवदह ब्वाइज र आयोजक झरना स्पोर्टस क्लबबीच खेल हुनेछ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]