1 year ago
September 23, 2024
सुशील पन्त क्षेत्री,चितवन
सल्हेस एफसी सिराहा गोल्डेन ईमिनेन्ट दोस्रो चितवन गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सूर्यपुर एफसी चितवनलाई सोमवार हराउँदै सल्हेसले सेमिफाइनलको यात्रा तय गरेको हो । सल्हेसले सूर्यपुरलाई पेनाल्टी सुटआउटमा मा ५-३ ले हरायो ।
टाइब्रेकरमा सल्हेसका जय गुरुङ, सुमित श्रेष्ठ, दीपेश आले, सन्तोष क्षेत्री र कुलदीप कार्कीले गोल गरे।
सूर्यपुरका हिसुब थपलिया, अबिषेक लिम्बु, शिशिर लेखीले गोल गरे । मोहित गुरुङको प्रहार सल्हेसका गोलकिपर प्रमिजय गच्छादारले बचाए । प्रमिजय नै प्लेयर अफ दि म्याच भए ।

प्रतियोगितामा मंगलवार आयोजक हानामी भरतपुर फुटबल क्लब बिएफसी र नेपाल पुलिस क्लब काठमाडौं भिड्नेछन् । खेल दिउँसो ३:३० बजे सुरु हुनेछ ।
असोज १२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख र दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]