1 year ago
September 24, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र वालिङ नगरपालिकाबीच आज खेल हुँदैछ ।
ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । आर्मी ७ खेलमा १६ अंकका साथ दोस्रो स्थानमा छ ।
वालिङ समान खेलबाट १२ अंकका साथ चौथो स्थानमा छ । दुवै टोलीलाई अर्को चरण पुग्न यो खेल महत्वपुर्ण रहेको छ ।
आजै हुने अर्को खेलमा संकटा क्लब र बागमती युथ क्लब खेल्दैछन् । एन्फा कम्प्लेक्समा नै हुने खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ ।
संकटा ७ खेलमा ८ अंकका साथ छैटौं स्थानमा छ । बागमती समान खेलमा ७ अंक जोड्दै आठौं स्थानमा छ । यस खेलमा जित हासिल गर्दै दुवै टोली अर्को चरणको सम्भावना बलियो बनाउँन चाहन्छन् ।
अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीले पहिलो चरणमा एक अर्का विरुद्ध खेल्नेछन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]