default_image

1 year ago

September 25, 2024

कर्णालीमाथि पुलिस जित

527 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा कर्णाली प्रदेशमाथि कठिन जित हासिल गरेको छ ।

आफ्नो आठौं खेलमा पाँचौ जित निकाल्ने क्रममा पुलिसले बुधवार कर्णालीमाथि ३-० को जित हात पारेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा पुलिसलाई जित दिलाउन निर्मला उपाध्याय, मनिषा राउत र सम्झना लावतीले समान गोल गरे ।

निर्मलाले ४३औं मिनेटमा गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाईन् । मनिषाले ५४औं मिनेटमा गोल गर्दै पुलिसको अग्रता दोब्बर बनाइन् । पुलिसका लागि ८२औं मिनेटमा सम्झनाले गोल गरिन् । यो जितसॅंगै पुलिसले दोस्रो चरणमा स्थान पक्का गरेको छ ।

जित पछि ८ खेलमा १८ अंकका साथ पुलिस तेस्रो स्थानमा छ । पराजित कर्णालीको समान खेलबाट ४ अंकका साथ दोस्रो चरण प्रवेशको सम्भावनाबाट बाहिरिएको छ ।

अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीले पहिलो चरणमा एक अर्का विरुद्ध खेल्नेछन् । पहिलो चरणमा शीर्ष ५ मा रहने टोली दोस्रो चरणका लागि छनोट हुनेछ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.