default_image

1 year ago

September 26, 2024

युनाइटेड पहिलो खेलमा बराबरीमा रोकियो

468 views

0 Bookmark

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा खराब प्रदर्शन गरिरहेको म्यानचेष्टर युनाइटेडले युरोपा लिगको‌ यात्रा बराबरीबाट सुरुवात गरेको छ ।

युरोपा लिगमा बुधवार आफ्नो पहिलो खेलमा युनाइटेड नेदरल्यान्ड्सको एफसी ट्वेन्टीसँग १–१ को बराबरीमा रोकियो ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिष्टियन एरिक्सेनको गोलमार्फत ३५औं मिनेटमा युनाइटेडले अग्रता बनायो । भ्रमणकारी टोलीका साम लामर्सले ६८औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् ।

बराबरीबाट सुरुवात गरेको युनाईटेड १ अंकका साथ दशौं स्थानमा छ । ईपिएलमा ५ खेलमा २ मात्र जितका साथ युनाईटेड ७ अंकसहित ११औं स्थानमा छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.