default_image

1 year ago

September 26, 2024

जित्नै पर्ने दबाबमा वालिङ र कोशी

1014 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – दोस्रो चरण प्रवेशका लागि वालिङ नगरपालिका र कोशी प्रदेश जित्नै पर्ने दबाबका साथ आजको एन्फा महिला लिग अलग अलग खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो खेलमा वालिङले चन्द्रपुर नगरपालिकाको सामना गर्दैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ।

यो खेलमा वालिङ विजयी भएमा शीर्ष ५ मा रहँदै दोस्रो चरणका लागि छनोट हुनेछ । यदी यदि चन्द्रपुरले जित निकालेको अवस्थामा पनि वालिङको सम्भावना यथावत रहन्छ । तर, त्यसका लागि शुक्रबार हुने खेलमा एपिएफले बागमतीसँग अंक खोस्नु पर्नेछ ।

वालिङ ८ खेलमा १२ अंकका साथ चौथो स्थानमा छ । चन्द्रपुर समान खेलमा ८ अंकका साथ आठौं स्थानमा छ ।

आज नै हुने दोस्रो खेलमा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश खेल्दैछन् । खेल दिउँसो ३:३० मा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुँदैछ ।

खराब प्रदर्शनका कारण अंकबिहीन रहँदै सुदूरपश्चिम पहिलो चरणबाटै बाहिरिकेको छ । कोशी भने यस खेलमा जित निकाल्दै दोस्रो चरणमा पुग्ने योजनामा छ । कोशी ८ खेलमा ११ अंकका साथ पाँचौ स्थानमा छ । सुदूर भने अंकबिहीन रुपमा तालिकाको पुछारमा रहेको छ ।

यसअघि नै विभागीय टोलीहरु एपिएफ, आर्मी र नेपाल पुलिस दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ ।

सहभागी टोलीले पहिलो चरणमा एक अर्का विरुद्ध खेल्नेछन् । पहिलो चरणमा शीर्ष ५ मा रहने टोली दोस्रो चरणका लागि छनोट हुनेछ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.