default_image

1 year ago

September 26, 2024

लिस्नु झरना रनिङशिल्ड सेमिफाइनलमा

677 views

0 Bookmark

सुमन अधिकारी, बुटवल

लिस्नु युवा क्लब रुपन्देहीमा जारी ३६ औं झरना रनिङशिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पहिलो टोली‌ बनेको छ ।

स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा कुन्जलापुरस्थित फुटबल मैदानमा जानकारी प्रतियोगितामा बिहीवार भएको  पहिलो क्वाटरफाइनलमा  न्यु सिर्जना युथ क्लबलाई ३-१  पराजित गर्दै लिस्नु अन्तिम चारमा पुगेको हो ।

लिस्नु २ विदेशी खेलाडीसहित मैदानमा उत्रेको थियो । तीनै  दुई विदेशीको प्रभावशाली प्रदर्शनमा लिस्नु विजयी भयो।

ओहिनेबा अदुसेई र कार्लोस सामीले टोलीका लागि  गोल गरेका हुन् । १-० गोलले पछाडि परेको अवस्थमा ‌उल्टाउँदै  लिस्नुले खेल जितेको थियो। खेलको नवौं मिनेटमा गोल गर्दै न्यु सिर्जना युथ क्लबका सन्दिप मल्लले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए ।

लिस्नुका लागि खेलको ५६ औं मिनेट अदुसेईले बराबरी गोल गरे। सामीले ६५ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । लिस्नुका लागि ७२ औं मिनेटमा समराज ठोकरले गोल गरे ।

लिस्नुका अदुसेई प्लेयर अफ दी म्याचबाट पुरस्कृत भएका छन् । दोस्रो क्वाटरफाईनल शुक्रवार गोर्खा ब्यायज एफसी र योङ स्टार युथ क्लब भिड्ने छन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.