default_image

1 year ago

September 29, 2024

ओसासुनासँग बार्सिलोना स्तब्ध

1255 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोना ओसासुनासँग स्तब्ध बनेको छ । घरेलु मैदानमा ओसासुनाले यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनालाई ४–२ ले स्तब्ध पारेको हो ।

ला लिगामा यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनाको पहिलो हार हो । यससँगै यो सिजनको ला लिगामा बार्सिलोनाको आठौं खेलमा अपराजित यात्रामा पुर्णविराम लागेको छ । यसअघि बार्सिलोनाले लगातार सात खेलमा जित निकालेको थियो ।

नयाँ प्रशिक्षक हान्सी डाएर फ्लिकको प्रशिक्षणमा बार्सिलोनाको यो सिजनमा यो दोस्रो हार हो । यसअघि बार्सिलोनाले गत साता च्याम्पियन्स लिगमा मोनाकोसँग हार बेहोरेको थियो ।

बार्सलोनालाई स्तब्ध पार्न यसै सिजन ग्रानडाबाट ओसासुना आएका ब्रायन जारागोजाले एक गोल र एक असस्ट प्रदान गरे । उनले गत सिजन पनि बार्सिलोनाविरुद्ध दुई गोल गरेका थिए । उनी बार्सिलोनाविरुद्ध खल नायक बन्दै आएका छन् ।

एन्टी बुदिमिरले दुई तथा एवेल ब्रेटोन्सले एक गोल गरे । बार्सिलोनाका पाउ भिक्टर र लामिन यामलले गोल गरेपनि हार टार्न सकेन ।

एल सदरमा शनिबार राति भएको खेलको १८औं मिनेटमा बुदिमिरले गोल गर्दै ओसासुनलाई १–० को अग्रता दिलाए । विगतमा बार्सिलोनालाई समस्यामा पारेका ब्रायन जरागोजाको उत्कृष्ट क्रस पासमा बुदिमिरले हेडरमार्फत गोल गर्न सफल भएका थिए । त्यसको १० मिनेटपछि जारागोजाले इबानेजको बलमा उत्कृष्ट गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

पहिलो हाफ खराब भएपनि फ्लिकले ब्रेकमा कुनै परिवर्तन गरेन । यद्यपि दोस्रो हाफको सुरुवाततिर पाउ भिक्टरले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने संकेत दिए । ५३औं मिनेटमा उनले जेरार्ड मार्टिनको पासमा गोल गर्न सफल भएका थिए ।

२–१ को स्थितिमा फ्लिकले राफिन्हा र लामिन यामललाई प्रस्तुत गर्दै बार्सिलोनालाई बराबरीको खोजीमा अगाडि बढायो । तर, ७२औं मिनेटमा पेनाल्टीमा गोल खान पुगेपछि बार्सिलोनाको खेलमा फर्कने सम्भावना लगभग सकियो ।

काउन्टर अट्याकमा एरेसोको पासलाई नियन्त्रणमा लिने क्रममा सर्जी डोमिन्गुएजले बुदिमिरलाई फउल गर्न पुगेपछि प्राप्त पेनाल्टीमा उनी आँफैले गोल गर्न सफल हुँदा खेल बार्सिलोनाको पहुँचबाट ३–१ ले टाढा गयो ।

८५औं मिनेटमा एवेल ब्रेटोन्सले गोल गरेपछि ओसासुना खेलमा ४–१ ले अघि बढ्यो । ८९औं मिनेटमा यामलले टोरेसको पासमा दर्शनीय गोल गरेपनि टोलीको हार टार्न सकेन ।

ओसासुनाविरुद्ध युवा सुरुआती लाइनअपलाई मैदानमा उतार्ने हान्सी फ्लिकको साहसी निर्णय हारमा महँगो पर्यो । यो पराजयले बार्सिलोनाको जितको सिलसिला मात्र रोकेको छैन फ्लिकको रणनीतिक दृष्टिकोण र खेलाडी प्रयोगमा पनि प्रश्न खडा गरेको छ ।

व्यस्त तालिका र खेलाडीको चोटको सामना गरिरहेको फ्लिकले ओसासुनाविरुद्ध क्युबार्सी, सर्गी डोमिन्गुएज, जेरार्ड मार्टिन, पाब्लो टोरे र पाउ भिक्टर जस्ता युवालाई पहिलो रोजाईमा उतारेका थिए । यद्यपि, बार्सिलोनाले खेललाई पुर्ण रुपमा आफ्नो नियन्त्रणमा लिएपन कुनै अर्थपूर्ण अवसरहरू सिर्जना गर्न नसक्दा हार बेहोर्न पुग्यो ।

यस हारका बावजुत बार्सिलोना ८ खेलबाट २१ अंक जोडेर शीर्षस्थानमा छ । बार्सिलोना एक खेल कम खेलेको रियल म्याड्रिडभन्दा ४ अंकले अघि छ । बार्सिलोनालाई हराएको ओसासुना ८ खेलबाट १४ अंक जोडेर छैटौं स्थानमा छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.