default_image

1 year ago

September 29, 2024

ओसासुनासँग बार्सिलोना स्तब्ध

1252 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोना ओसासुनासँग स्तब्ध बनेको छ । घरेलु मैदानमा ओसासुनाले यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनालाई ४–२ ले स्तब्ध पारेको हो ।

ला लिगामा यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनाको पहिलो हार हो । यससँगै यो सिजनको ला लिगामा बार्सिलोनाको आठौं खेलमा अपराजित यात्रामा पुर्णविराम लागेको छ । यसअघि बार्सिलोनाले लगातार सात खेलमा जित निकालेको थियो ।

नयाँ प्रशिक्षक हान्सी डाएर फ्लिकको प्रशिक्षणमा बार्सिलोनाको यो सिजनमा यो दोस्रो हार हो । यसअघि बार्सिलोनाले गत साता च्याम्पियन्स लिगमा मोनाकोसँग हार बेहोरेको थियो ।

बार्सलोनालाई स्तब्ध पार्न यसै सिजन ग्रानडाबाट ओसासुना आएका ब्रायन जारागोजाले एक गोल र एक असस्ट प्रदान गरे । उनले गत सिजन पनि बार्सिलोनाविरुद्ध दुई गोल गरेका थिए । उनी बार्सिलोनाविरुद्ध खल नायक बन्दै आएका छन् ।

एन्टी बुदिमिरले दुई तथा एवेल ब्रेटोन्सले एक गोल गरे । बार्सिलोनाका पाउ भिक्टर र लामिन यामलले गोल गरेपनि हार टार्न सकेन ।

एल सदरमा शनिबार राति भएको खेलको १८औं मिनेटमा बुदिमिरले गोल गर्दै ओसासुनलाई १–० को अग्रता दिलाए । विगतमा बार्सिलोनालाई समस्यामा पारेका ब्रायन जरागोजाको उत्कृष्ट क्रस पासमा बुदिमिरले हेडरमार्फत गोल गर्न सफल भएका थिए । त्यसको १० मिनेटपछि जारागोजाले इबानेजको बलमा उत्कृष्ट गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

पहिलो हाफ खराब भएपनि फ्लिकले ब्रेकमा कुनै परिवर्तन गरेन । यद्यपि दोस्रो हाफको सुरुवाततिर पाउ भिक्टरले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने संकेत दिए । ५३औं मिनेटमा उनले जेरार्ड मार्टिनको पासमा गोल गर्न सफल भएका थिए ।

२–१ को स्थितिमा फ्लिकले राफिन्हा र लामिन यामललाई प्रस्तुत गर्दै बार्सिलोनालाई बराबरीको खोजीमा अगाडि बढायो । तर, ७२औं मिनेटमा पेनाल्टीमा गोल खान पुगेपछि बार्सिलोनाको खेलमा फर्कने सम्भावना लगभग सकियो ।

काउन्टर अट्याकमा एरेसोको पासलाई नियन्त्रणमा लिने क्रममा सर्जी डोमिन्गुएजले बुदिमिरलाई फउल गर्न पुगेपछि प्राप्त पेनाल्टीमा उनी आँफैले गोल गर्न सफल हुँदा खेल बार्सिलोनाको पहुँचबाट ३–१ ले टाढा गयो ।

८५औं मिनेटमा एवेल ब्रेटोन्सले गोल गरेपछि ओसासुना खेलमा ४–१ ले अघि बढ्यो । ८९औं मिनेटमा यामलले टोरेसको पासमा दर्शनीय गोल गरेपनि टोलीको हार टार्न सकेन ।

ओसासुनाविरुद्ध युवा सुरुआती लाइनअपलाई मैदानमा उतार्ने हान्सी फ्लिकको साहसी निर्णय हारमा महँगो पर्यो । यो पराजयले बार्सिलोनाको जितको सिलसिला मात्र रोकेको छैन फ्लिकको रणनीतिक दृष्टिकोण र खेलाडी प्रयोगमा पनि प्रश्न खडा गरेको छ ।

व्यस्त तालिका र खेलाडीको चोटको सामना गरिरहेको फ्लिकले ओसासुनाविरुद्ध क्युबार्सी, सर्गी डोमिन्गुएज, जेरार्ड मार्टिन, पाब्लो टोरे र पाउ भिक्टर जस्ता युवालाई पहिलो रोजाईमा उतारेका थिए । यद्यपि, बार्सिलोनाले खेललाई पुर्ण रुपमा आफ्नो नियन्त्रणमा लिएपन कुनै अर्थपूर्ण अवसरहरू सिर्जना गर्न नसक्दा हार बेहोर्न पुग्यो ।

यस हारका बावजुत बार्सिलोना ८ खेलबाट २१ अंक जोडेर शीर्षस्थानमा छ । बार्सिलोना एक खेल कम खेलेको रियल म्याड्रिडभन्दा ४ अंकले अघि छ । बार्सिलोनालाई हराएको ओसासुना ८ खेलबाट १४ अंक जोडेर छैटौं स्थानमा छ ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.