default_image

1 year ago

October 1, 2024

आयोजकको जितसँगै झरना रनिङशिल्डको सेमिफाइनल समिकरण पूरा

681 views

0 Bookmark

सुमन अधिकारी, बुटवल

रुपन्देहीमा जारी ३६ औ झरना रनिङशिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

अब फाइनल प्रवेशको लागि आयोजक झरना स्पोर्टस क्लब र गोर्खा ब्वाइज स्पोर्टस क्लबबीच प्रतिस्पर्धा
त्यस्तै अर्को सेमिफाइनल लिस्नु युवा क्लब र जनज्योति युवा क्लबबीच हुनेछ ।

मंगलवार भएको अन्तिम क्वाटरफाइनलमा झरनाको‌ जितसँगै समिकरण पूरा भएको हो। स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा कुन्जलापुरस्थित फुटबल मैदानमा भएको खेलमा कपिलवस्तु-११ लाई २ -१ के पराजित गर्दै झरनाले सेमिफाइनल पुगेको छ ।

खेलको नवौं मिनेटमा आयोजक झरनाका निरज चौधरीले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए । त्यो अग्रता धेरै समय टिक्न सकेन ।

खेलको १३ औं मिनेटमा कपिलवस्तुका भरत नागलको पासलाई आशिष पुनले आर्कषक हेडमार्फत गोल गर्दै खेल बराबरी बनाएका थिए ।

पहिलो हाफको इन्ज्युरी समयमा झरनाका दिपेश आलेले गरेको गोल नै खेको निर्णायक बनेको‌ थियो । झरनाका जितेश गुरुङ प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

पहिलो सेमिफाइल बुधवार जनज्योति र लिस्नु युवाबीच हुनेछ । प्रतियोगिताको विजेताले ३ लाख ३१ हजार र दोस्रो हुने टोलीले १ लाख ८१ हजार रुपैयाँ प्राप्त गर्नेछ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.