default_image

1 year ago

October 2, 2024

बार्सिलोनाको सानदार जित

441 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन लिगको‌ यो सिजनमा पहिलो जित निकालेको छ ।

बार्सिलोनाले मंगलवार स्विस क्लब योङ ब्वाइजमाथि ५-० को प्रभावशाली जित हासिल गरेको हो ।

घरेलु मैदानमा बार्सिलोनाको जितमा रोर्वट लेवान्डोस्कीले २, राफिन्हा र इनिगो मार्टिनेजले समान १ गोल गर्दा ब्वाइजले उपहार स्वरुप १ गोल दिएको थियो ।

खेलको आठौं मिनेटमा लेवान्डोस्कीले गोलमा बार्सिलोनाले अग्रता लिएकोमा ३४औं मिनेटमा राफिन्हाले अग्रता दोब्बर बनाए । मार्टिनेजले ३७औं मिनेटमा गोल गर्दै खेल ३-० मा पुर्याए ।

लेवान्डोस्कीले ५१औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे । ८१औं मिनेटमा ब्वाइजका मोहम्मद कमाराले आत्मघाती गोल गरेपछि बार्सिलोनाले सहज जित हात पारेको हो ।

२ खेलमा बार्सिलोनाले ३ अंक जोडेको छ । यसअघि पहिलो खेलमा बार्सिलोना मोनाकोसँग २–१ ले पराजित भएको थियो । योङ ब्वाइज २ खेलमा अंक बिहीन छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.