1 year ago
October 7, 2024
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) फुटबलमा टोटनहम हट्सपर ब्राइटनसँग पराजित हुँदा म्यानचेस्टर युनाइटेड र चेल्सीले अंक बाँडेका छन् ।
ब्राइटनको घरेलु मैदानमा आइतवार बेलुका भएको खेलमा टोटनहम ३–२ ले पराजित भयो । ब्राइटनको जितमा यान्कुबा मिन्टे, जर्जिन्हो रुटेर र डानी वेलबेकले समान १ गोल गरे । टोटनहमका लागि ब्रेनन जोनसन र जेम्स म्याडिसनले गोल गरेका थिए ।
खेलमा सुरुवाती अग्रता भने टोटनहमले लिएको थियो । टोटनहमका लागि २३औं मिनेटमा जोनसनले अग्रता दिलाएका थिए । म्याडिसनले खेलको ३७औं मिनेटमा गोल थप्दै टोलीको अग्रता दोब्बर बनाएका थिए । दोस्रो हाफमा ब्राइटनले ३ गोल फर्कायो । ४८औं मिनेटमा मिन्टेले गोल गर्दै ब्राइटनलाई खेलमा फर्काए । रुटेरले ५८औं र वेलब्याकले ६६औं मिनेटमा गोल गर्दै ब्राइटनलाई पुरागमन जित दिलाए ।
आइतबार बेलुका नै भएको खेलमा अर्को खेलमा म्यानचेष्टर युनाइटेड एष्टन भिल्लासँग गोलरहित बराबरीमा रोकियो ।
अर्को खेलमा चेल्सीले नटिंघम फरेष्टसँग १–१ को बराबरी खेल्यो । खेलमा अग्रता फरेष्टले बनायो । ४९औं मिनेटमा फरेस्टका क्रिस वूडले गोल गरे । ५७औं मिनेटमा चेल्सीका नोनी माडुकेले गोल गर्दै खेल बराबरीमा सकाएका हुन् ।
७ सातौं चरणको खेलपछि १८ अंकको लिभरपुल शीर्ष स्थानमा छ । चेल्सी १४ अंकसहित चौथो र एष्टन भिल्ला पनि समान अंकसहित पाँचौं स्थानमा छ । ब्राइटन १२ अंकसहित छैटौं स्थानमा उक्लियो । समान १० अंकका साथ टोटनहम र नटिंघम फरेष्ट नवौं र दशौं स्थानमा छन् । युनाइटेड ८ अंकसहित १४औं स्थानमा छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]